सेयर बजारमा गिरावट, साढे सात अंकले घट्यो नेप्से परिसूचक

काठमाडौं, ३ माघ । बिहीबार नेप्से परिसूचक साढे सात अंकले घटेर २ हजार ५८८.६२ विन्दुमा बन्द भएको छ। बुधबार १.८३ अंकले बढेको बजार आज ७.३३ अंकले घटेको हो।
आजको कारोबारमा ५ अर्ब ९३ करोड ३७ लाख रुपैयाँ बराबरको १ करोड १७ लाख कित्ता शेयर खरिद बिक्री भएको छ। ८८ कम्पनीको शेयर मूल्य बढेको छ भने १५२ कम्पनीको शेयर मूल्य घटेको छ। ३ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ।
हाइड्रोपावर, उत्पादन तथा प्रशोधन, म्युचुअल फण्ड, ट्रेडिङ र अन्य बाहेकका उपसमूहले बजार घटाएका हुन्। फाइनान्सको सूचक सर्वाधिक ५.१९ प्रतिशतले ओरालो लागेको छ, र १५ वटै फाइनान्स कम्पनीका लगानीकर्ताले गुमाएका छन्। बजारमा १५२ कम्पनीको सेयर भाउ घटेको छ, र पोखरा फाइनान्सको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ।
आज ४ कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ, र सर्वाधिक कारोबार सिन्धु विकास बैंकको भएको छ, जसको २८ करोड ५७ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको नेप्सेले जनाएको छ। ८८ कम्पनीका लगानीकर्ताले कमाएका छन्।
What's Your Reaction?






