नेपालमा बढ्यो पेट्रोलियम पदार्थको मूल्य

Jan 16, 2025 - 13:23
Jan 16, 2025 - 15:54
 0
नेपालमा बढ्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं, ३  माघ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थहरूको मूल्य बढाउने निर्णय गरेको छ।

बुधबार मध्यरातिदेखि लागू हुने गरी निगमले पेट्रोलको मूल्य प्रति लिटर दुई रुपैयाँ, डिजेल र मट्टीतेलको मूल्य प्रति लिटर तीन रुपैयाँले वृद्धि गरेको हो।

नयाँ मूल्य समायोजनसँगै पेट्रोलको मूल्य पहिलो वर्गका लागि प्रति लिटर १६२ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि १६४ रुपैयाँ, र तेस्रो वर्गका लागि १६५ रुपैयाँ कायम गरिएको छ।

त्यस्तै, डिजेल र मट्टीतेलको मूल्य पनि पहिलो वर्गका लागि १५३ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि १५५ रुपैयाँ, र तेस्रो वर्गका लागि १५६ रुपैयाँ प्रति लिटर तोकिएको छ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow