६ दिनमा कार्साङको १ करोड ४५ लाख ग्रस कलेक्सन

Jan 16, 2025 - 12:42
Jan 16, 2025 - 17:27
 0
६ दिनमा कार्साङको १ करोड ४५ लाख  ग्रस कलेक्सन

काठमान्डौ ।  चलचित्र 'कार्साङ'ले आफ्नो रिलिजको ६ दिनमा १ करोड ४५ लाख रुपैयाँको ग्रसकलेक्सन गरेको छ।

यस चलचित्रले गत शुक्रबारबाट प्रदर्शनमा आएको थियो र प्रारम्भिक दिनहरूमा केही कम दर्शक भएका भएपनि, दर्शक संख्या क्रमशः बढ्दै गएको वितरक कम्पनी आरआर फिल्म्सले जनाएको छ।

वितरकको अनुसार, माघ १ गतेपछि हलमा दर्शकको चाप बढ्दै गएका कारण आकर्षक ग्रसकलेक्सन हासिल भएको हो। 

यम शेर्पा निर्देशित 'कार्साङ'मा प्रमुख कलाकारका रूपमा दयाहाङ राई, सिर्जना निङले, जितु नेपाल, दीया मास्के, बुद्धि तामाङ, सृष्टि गौतम, डोमा ह्योल्मो, प्रेम लोप्चन र सुरवीर पण्डितको अभिनय रहेको छ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow